टेम्पोको डण्डीमा टाउको ठोकिएर अर्थ मन्त्रालयका उपसचिवको ज्यान गयो
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं,चैत ६ । अर्थ मन्त्रालयका उपसचिव ५५ वर्षिय ज्ञानराज श्रेष्ठको टेम्पोको झ्यालको डण्डीमा टाउको ठोकिएर ज्यान गएको छ । काठमाडौं महानगरपालिका ३४ पुरानो बानेश्वर बस्ने उहाँ रत्नपार्कदेखि बा १ ह ३६५१ नम्बरको सफा टेम्पोमा सिनामङ्गल जादै गर्दा ज्ञानेश्वर चोकमा टेम्बोको डण्डीमा ठोकिएर लड्नुभएको थियो । उहाँसँगै टेम्पोमा यात्रा गरिरहेका महाराजगंज बस्ने १७ बर्षीया प्रियंका ढुङगेल र १७ बर्षीया सुमेरु प्रधानले श्रेष्ठलाई ज्ञानेश्वर मोडमा रहेको मेडिकल पसलमा लगी थप उपचार गराएका थिए । त्यसपछि पनि उहाँको स्वास्थ्यमा सुधार नदेखिएपछि लगत्तै नोवेल अस्पतालको बा ६ च ३८६० नम्वरको गाडीमा वइलकेयर अस्पताल रातोपुल पुर्याएका थिए । त्यहाँबाट आफन्तहरुले थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लगेकोमा उहाँको त्यहीँ मृत्यु भएको थियो । प्रहरीले टेम्पो चालक जोरपाटी बस्ने ३० बर्षीय अशोक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments