होलीमा जथाभावी लोला हान्ने र पानी छ्याप्नेलाई कार्वाही हुने
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं,चैत ६ । यसपटकको होलीमा जथाभावी लोला हान्ने र पानी छ्याप्ने कार्यलाई नियन्त्रण गर्न होली आउनु एकहप्ता अघि नै गृहमन्त्रालयले विज्ञप्ती निकालेर इच्छा विपरीत लोला र पानी हान्नु कानुन विपरीत हुने भन्दै कानुन अनुसार कार्वाही हुने बताएको छ । पहिलेका वर्षहरुमा होलीको १० र १५ दिन अघिदेखि केटाकेटी र युवाहरुले पानी छेपेर र लोला हानेर नै सडकमा हिँड्न सकिन्नथियो । अझ किशोरी र महिलाहरुलाई बढी समस्या हुन्थ्यो । दुई वर्ष अघिदेखि भने यो प्रवृत्ति केही घटेको छ । जथाभावी लोला र पानी हान्नेलाई प्रहरीले पक्रन थालेपछि होलीको नाममा हुने उच्छृँखल क्रियाकलाप घट्न थालेको हो । आउँदो चैत १३ गते पहाडका जिल्ला र १४ गते तराईका जिल्लामा होली मनाइदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments