चिट चोराउन खोज्ने स्थानीयवासी र विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुबीच झडप
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
दैलेख,चैत ६ । दैलेखको भगवती माध्यामिक विद्यालय परीक्षा केन्द्रमा चिट चोराउन खोज्ने स्थानीयवासी र विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुबीच झडप भएको छ । चिट चोराउन खोज्ने स्थानीयवासीलाई विद्यालय व्यवस्थापन समितिले रोकेपछि झडप भएको हो । झडपमा प्रहरी हवल्दार खगीराम सारु र पाँच जना गाउँले घाइते भएका छन् । त्यस्तै, जयदेव उच्च माध्यमिक विद्यालय जम्वुकाधमा चिट चोरेको भन्दै ४ जना विद्यार्थीलाई निष्काशन गरिएको छ । दैलेखकै अरनिको उच्च माध्यमिक विद्यालय गिरखानी केन्द्रमा पनि चिट चोराउन नदिएको भन्दै अभिभावकहरुले नै परीक्षा केन्द्रका निरिक्षकहरुमाथि ढुंगामुडा गरेका छन् । जयन्ती माध्यमिक विद्यालय खरिगैरामा पनि चिट चोराउन सहयोग गर्ने निरिक्षक भुपेन्द्र वहादुर रोकायलाई निष्काशित गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News
0 comments