प्रधानन्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को नेतृत्व दिँदा कुनै फरक पर्दैनःकोइराला
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउँदा लोकतन्त्र र शक्ति पृथकीकरणमा कुनै असर नपरेको बताउनुभएको छ । मंगलबार बिहान खिलराज रेग्मीलाई अध्यक्ष बनाएकोमा पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका कांग्रेसका केही नेताहरूसँगको भेटमा कोइरालाले सो कुरा बताउनुभएको हो । भेटमा सदस्यहरुले प्रधानन्यायाधीलाई चुनावी मन्त्रिपरिषद्को नेतृत्व दिइसकेको अवस्थामा अब लोकतान्त्रिक पद्धतिलाई बचाई राख्न पार्टीले खेल्ने भूमिकाका विषयमा कोइरालासँग जिज्ञासा राखेका थिए । जवाफमा कोइरालाले प्रधानन्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को नेतृत्व दिँदा कुनै फरक नपर्ने भनि आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो । सरकारलाई सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र पनि रहेकाले सरकार राजनीतिक दलहरूकै भएको उहाँले बताउनुभएको थियो । यसअघि कांग्रेसका १६ जना केन्द्रीय सदस्यहरुले न्यायालयका प्रमुखलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै सभापति कोईरालाको ध्यानाकर्षण गराएका थिए । तर, उनीहरुको मागको कुनै सुनुवाई भने भएको थिएन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: Latest News, Politics
0 comments